कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेशीबाट त्रिशूलीमा खस्याे -
Comments Add Comment

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस धादिङको घाटबेशीबाट त्रिशूलीमा खस्याे

२३ फागुन , काठमाडौ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित राजमार्गबाट नदीमा खसेको छ । गजुरीस्थित प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार ६ जनाको शव भेटिएको छ भने ३२ जनाको उद्धार गरिएको छ ।

अझै केही यात्रु पानीमुनी परेकाले गोताखोर परिचाल गरेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment