सुनको मूल्य तोलामा पाँच सयले बढ्यो -
Comments Add Comment

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो

२९ पुष , काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख तीन हजार नौ सय रुपैयाँ तोकिएको छ । उक्त सुन बिहीबार प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय पुगेको छ। अघिल्लो दिन एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला आज पाँच रुपैयाँले घटेर एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds