काठमाडौँ जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्वुको निरीक्षण तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन कार्यक्रम सम्पन्न ।

निरीक्षण तथा निर्देशन सम्बोधनका क्रममा थानकोट तथा बलम्बु क्षेत्र उपत्यका बाहिरबाट राजधानी प्रवेश गर्ने मुख्य नाका भएको साथै यसै नाकाको प्रयोग गरी लागूऔषध, विष्फोटक पदार्थ, भन्सार तथा राजस्व छलीका मालसामानहरू निकासी-पैठारी लगायत अन्य अपराधिक गतिविधिहरूमा संलग्न ब्यक्तिहरू प्रवेश र काठमाडौँ उपत्यकाबाट बाहिर जान सक्ने समेत भएकोले विशेष सतर्कताका साथ प्रहरी काम कारवाही गर्न साथै सवारी आवागमनलाई व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी कर्मचारीहरुलाई सँगठनको छवि उच्च हुने गरी काम कार्वाही गर्नहुन; गलत गरेमा कारवाही हुने भन्दा पनि उत्कृष्ट कार्य गरेमा पुरस्कृत हुनेछु भन्ने सकरात्मक सोच राखी उच्च मनोवलका साथ काम गर्नहुन समेत निर्देशन दिनु भयो ।

राज्यको Visible प्रतिनिधिका रूपमा समुदायस्तरमा रहेका नेपाल प्रहरीका सदस्यहरूको प्रभावकारी उपस्थिति र कार्यसम्पादनले समाजमा सुरक्षाको प्रत्याभुति (Sense of Security) झल्किने भएकोले व्यावसायिक र कर्तव्यनिष्ठ भई Proactive Policing तर्फ उन्मुख भई प्रहरी काम-कारवाही गर्नको लागि निर्देशन दिनुभयो ।