Comments Add Comment

Advertisment

SKIP THIS

पशुपतिमा महाशिवरात्रि विशेष सुरक्षा : एसएसपी कार्कीको कमान्डमा ३५ सय प्रहरी परिचालन

काठमाडौं , महाशिवरात्रि पर्वको अवसरमा जिल्ला प्रहरी परिसर काठमाडौंले पशुपतिक्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले महाशिवरात्रि पर्वलाई विचार गर्दै ३५ सय प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

सुरक्षा योजना अनुसार शुक्रवार साँझदेखि नै प्रहरी परिचालन गरेको बताए ‘पशुपतिनाथ मन्दिर परिसरको कमान्ड सेन्टरमा आजबाटै प्रहरी परिचालन गरेको एसएसपीले भने ।’थ्रेट एनालाइसिस गरेर काठमाडौँ प्रहरीले ३ सिफ्टमा प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।

एसएसपी दानबहादुर कार्कीले महाशिवरात्री विशेष सुरक्षा योजनाको सबै तयारी पूरा भएको बताए । उनले भने, ‘गैरकानुनी क्रियाकलापअन्तर्गत मदिरा, गाँजा चरेसजस्ता लागुऔषध प्रयोगमाथि यसपटक पूर्ण नियन्त्रण गरिएको बताए ।’

विशेष सुरक्षा योजनाको प्रत्यक्ष निगरानी र सहजीकरण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्नेछ । सम्भावित सुरक्षा चुनौतीको निगरानीका लागि ठूलो संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको एसएसपीले बताएका छन् ।

शिवरात्रिमा लागूपदार्थ सेवन गर्ने युवायुवती, पाकेटमारा र चोरी मुख्य सुरक्षा चुनौती हुने प्रहरीको विश्लेषण छ । शिवरात्रिको सुरक्षाको लागि १५ जनाको दरले ८ वटा ‘रिजर्भ’ फौज तयारी अवस्थामा राखिने सुरक्षा योजनामा उल्लेख गरिएको छ ।

भक्तजनको आवतजावतलाई सुरक्षित तथा व्यवस्थित गर्न सुरक्षा सतर्कता बढाइएको छ । जसका लागि ‘रिजर्व फोर्स’ मा रहेका प्रहरीलाई समेत परिचालन गरिएको छ । यस्तो फोर्स गौशाला प्रहरीवृत, विमानस्थल सुरक्षा कार्यालय, चाबहिल तथा गुह्वेश्वरीलगायत श्लेषमान्तक क्षेत्रमा तैनाथ हुनेछ ।

त्यस्तै पशुपति क्षेत्रमा गाँजा बेचबिखन र सेवनमा प्रहरीले रोक लगाएको छ । ‘गाँजा बेचेको र सेवन गरेको भेटमा कारबाही गर्छौ’ एसएसपी दानबहादुर कार्कीले भने, ‘गाँजा तान्न पाइन्छ भन्ने मान्यता छ, त्यसलाई निस्तेज गर्न ९ वटा सबकमाण्ड बनाएका छौं ।’

प्रहरीले भक्तालुहरुलाई बहुमूल्य गरगहना लगाएर नआउन अनुरोध गरेको छ । साथै पशुपतिक्षेत्रमा आउने भक्तालुहरुलाई कुनै समस्या भए १०० मा फोन गर्न वा १०० मा फोन नलागे त्यही रहेको प्रहरीको कमाण्डमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै