१६ भाद्र , काठमाडौ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमको शनिबार बसेको सञ्चालक समितिको बैठकले आइतबार बिहान ००ः०१ बजेदेखि लागुहुनेगरीपेट्रोलमा प्रतिलिटर २ र डिजल तथामट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमाप्रतिकिलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ ।
त्यस्तै, एलपीग्याँसको खरिद मुल्यमाप्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनिहाललाई मूल्ययथावत राखेको निगमले जनाएको छ ।
अब काठमाडौँमा पेट्रोलको मूल्यप्रति लिटर १६३ र डिजल तथामट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।