Comments Add Comment

Advertisment

SKIP THIS

यातायातका हाकिमको एक करोड अवैध सम्पत्ति

२९ पुष , काठमाडौं । राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौमा कार्यरत शाखा अधिकृत गणेश प्रसाद पोखरेलले अकुत सम्पत्ति आर्जन गरेको पाइएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको ।
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका निमित्त प्रमुख हुँदा आयोगले छानबिन थालेको छ । छानबिनको क्रममा एक करोड ६ लाख सम्पत्तिको उनले स्रोत खुलाउन नसकेको आयोगले जनाएको छ ।

पोखरेल सार्वजनिक सेवाको पदमा प्रवेश गरेको मिति २०४६।०३।०१ देखि मिति २०७८।११।१५ सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कूल खर्च र सोही अवधिको आयहरुको जाँच अवधिमा निजको पारिश्रमिक बचत, बिभिन्न भत्ता तथा पुरस्कार, घरजग्गा बिक्री, कर्मचारी संचय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा आय, घर बहाल आय, बीमा, बिदेशबाट पठाएको रेमिट्यान्स, मोटरसाइकल बिक्री, शेयर बिक्रीबाट प्राप्त रकम र कृषि आयसमेत गरी जम्मा तीन करोड एकतीस लाख पचपन्न हजार बैसठ्ठी रूपैंया उन्नाइस पैसा आय आर्जन गरेका थिए ।

त्यसैगरी सोही जाँच अवधिमा निजको ब्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, अध्ययन खर्च, कर्जाको साँवाब्याज भुक्तानी, घर बहाल कर, जग्गा बिक्री गर्दा तिरेको पुँजिगत लाभकर, बीमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सामाजिक कार्यमा गरेको खर्च, मोटरसाइकल खरिद, शेयर खरिद तथा लगानी, सुन खरिदमा भएको खर्च र बैंक मौज्दातसमेत गरी जम्मा चार करोड सैंतीस लाख अठासी हजार चार सय दुई रूपैंया दश पैसा खर्च तथा लगानी गरेको देखिएको छ । एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसा बराबरको स्रोत खुल्न नसकेको हुँदा उनीविरुद्ध मुद्दा दायर भएको छ ।

श्रोत नखुलेको सम्पत्ति श्रीमती बिमला न्यौपाने पोखरेलको नाममा हाल कायम रहेका सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम जफत÷असुल उपर गरी पाउन मागदावी अख्तियारले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै