एसएसपी अशोक सिंहमाथि छानबिन : २ करोड २९ लाखको चेक चोरी प्रकरणमा यस्तो रहेछ -
Comments Add Comment

एसएसपी अशोक सिंहमाथि छानबिन : २ करोड २९ लाखको चेक चोरी प्रकरणमा यस्तो रहेछ

१६ पुष , काठमाडौ । महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंहमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।

हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखिएको र त्यसमा एसएसपी सिंहको मिलेमतो रहेको भन्दै उजुरी परेपछि प्रहरी हेडक्वार्टरले छानबिन समिति गठन गरेको हो । 

 ७ थान चेकमा विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको भन्दै सिन्धुलीका राजकुमारले गृह मन्त्रालयमा पुस ९ गते उजुरी दर्ता गराए।

बरालको निवेदन परेपछि परिसर काठमाडौंले भेटवाललाई टेकु बोलाएको थियो। भेटवालले उक्त ७ थान चेकमा जम्मा २ करोड २९ लाख रुपैयाँ रकम भरेको विषय सार्वजनिक भयो। भेटवालले भने तास खेल्ने क्रममा उक्त चेक बरालले दिएको प्रहरीसमक्ष बताएको उजुरीमा उल्लेख छ। तर, आफूले चेक नदिएको, चेक चोरेर रकम भरी हत्याउने उद्देश्य राखिएको बरालको आरोप छ। उक्त चेक महानगरीय प्रहरी परिसर काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंहको आदेशमा मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दसमक्ष असोज २५ गते दाखिला गरिएको थियो।

यस्तो छ एसएसपीको भनाई ?

सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए। सिंह उक्त चेक मिलाईदिने भन्दै केहि बिचौलिया नै परिसर नै पुगेका थिए । उक्त स्वार्थ समूहले भनेको सिंहले नमानेपछि उनीविरुद्ध सुनियोजित कहानी रचिएको उक्त स्रोतले बतायो ।

सिंहले भने जसको चेक हो उसैलाई दिने भनेपछि स्वार्थ समूहको योजना लथालिङ्ग भएको हो । सिंहलाई आरोप लगाउने व्यक्ति समेत विवादित पृष्ठभूमी र मिटर ब्याजी भएको उनको भनाई छ ।

एसएसपी सिंहले भने, ‘राजकुमार बरालले चेक आफैँ इस्यु गरेको रहेछ, उसले चेक दिएको सीसीटीभी फुटेज पनि छ, उसले चेक नष्ट गर्न खोजेको थियो, त्यो नपाइसकेपछि मेरो बदनाम गर्न खोजिएको हो। तर हेडक्वार्टरले छानबिन थालेको छ सत्य कुरा बाहिर आउने नै छ।’

आफूलाई पीडित बताउने बराल समेत मिटरब्याजी, जुवा खेलाउने र जग्गा दलाल रहेको एसएसपी सिंहले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment