Comments Add Comment

Advertisment

SKIP THIS

एक अर्बले बढ्यो टेलिकमको आम्दानी

३० कात्तिक, काठमाडौ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमको सञ्चालन आय १ अर्ब १३ करोड रुपैयाँले बढेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको तुलनामा आय एक अर्बले बढेको हो ।

अघिल्लो वर्षको पहिलो त्रैमासमा टेलिकमले ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । जुन, यो वर्षको पहिलो त्रैमासमा ९ अर्ब ७७ करोड रुपैयाँमा पुगेको हो ।

यस्तै, कम्पनीको गत आर्थिक वर्षको पहिलो त्रैमासमा १० अर्ब १० करोड कुल आय थियो । जुन, ८४ करोडले बढेर यो वर्षको पहिलो त्रैमासमा १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

यसका साथै, यस अवधिमा कम्पनीको खुद मुनाफा ७४ करोडले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड मुनाफा आर्जन गरेको थियो । यो वर्ष कम्पनीले २ अर्ब २५ करोड मुनाफा आर्जन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै