Comments Add Comment

Advertisment

SKIP THIS

‘डिसेम्बर फल्स’ को दमदार गीतमा आर्यन र उपासनाको केमेस्ट्री

१३ मंसिर , काठमाडौँ । प्रतीक्षित फिल्म ‘डिसेम्बर फल्स’ को पहिलो गीत ‘फकाउनै जानिनँ’ सार्वजनिक गरिएको छ । युट्युव च्यानल म्युजिक डटकममार्फत दर्शकमाझ ल्याइएको गीत सोमबार राजधानीमा आयोजित प्रेसमिटमा प्रदर्शन गरिएको हो । फस्र्टलुक पोस्टर र टिजर आउट भएसँगै चर्चामा रहेको फिल्मको सो गीतमा आर्यन सिग्देल र उपासनासिंह ठकुरी फिचर छन् ।

दीपक शर्माको शब्द र संगीत तथा निशान भट्टराई र मेलिना राईको स्वरमा रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । भक्तपुर दरबार स्क्वायरमा सेट लगाई खिचिएको गीतमा आर्यन र उपासनाले सयभन्दा बढी कोरसका साथ डान्स गरेका छन् । ३० डिसेम्बर अर्थात् १५ पुसबाट देशव्यापी प्रदर्शनमा आउने फिल्मलाई प्रवीण झाले निर्देशन गरेका हुन् । निर्माण रामप्रसाद रिजालको छ ।

अभिनेता आर्यनले ‘डिसेम्बर फल्स’ बाट आफूले विगतमा भन्दा अझै धेरै दर्शकका माया पाउने विश्वास ब्यक्त गरे । उनले आफू केही समयको विश्रामपछि पुनः यसै फिल्मबाट पर्दामा आउन लागेकोमा निकै उत्साहित रहेको बताए । ‘यो फिल्ममा दर्शकले मेरो दुईटा रूप पाउनु हुनेछ,’ उनले भने, ‘फिल्म एक्सन, लभ, कमेडी र सेन्टिमेन्ट सबै कुराको मिक्स अप छ । कम्प्लिट प्याकेज हेर्न पाउनु हुनेछ ।’

अभिनेत्री उपासनाले पहिलोपटक आर्यनसँग अभिनय गर्दा धेरै कुरा सिक्न र बुझ्न पाएको बताइन् । ‘एक्दम अनुभवी कलाकार तथा टिमसँग काम गर्न पाउँदा धेरै कुरा सिक्ने अवसर पाएँ,’ उनले भनिन्, ‘मेरा अघिल्ला फिल्महरूलाई झै यसलाई पनि मन पराउनुहुनेछ भन्ने विश्वास लिएकी छु ।’
कोरियोग्राफर रामजीले ‘फकाउनै जानिनँ’ गीतका लागि सबैले अत्यन्तै मिहिनेत गरेको र निर्माताले दिल खोलेर पैसा लगाएको बताए । ‘पछिल्लो समय यत्तिको लगानी भएका गीत कमै बनेका छन्,’ उनले भने, ‘दर्शकले अवश्य पनि मन पराउनेमा हामी ढुक्क छौ ।’

निर्माता रामप्रसादले दर्शकको मनोरञ्जनका लागि आफूले कुनै कुराको कमी हुन नदिएको दावी गरे । यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका उनले ‘डिसेम्बर फल्स’ ले सबैको म जित्नेमा आफू निश्चिन्तक रहेको बताए । फिल्मका कार्यकारी निर्माता लक्ष्मण रिजालले यसपाली मनोरञ्जनका साथै स्वास्थ्यजस्तो सम्बेदनशील क्षेत्रको बिबिधताको ‘कन्टेन्ट’ लाई पर्दामा उतारेको खुलासा गरे ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा,नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय छ । फिल्मको कथा नर्स बिपीका खनालले लेखेकी हुन् ।

दक्षिण भारतीय फिल्मका चल्तीका सिनेमाटोग्राफर महेश आर गुप्ताले खिचेको फिल्मको पटकथा र संवाद केदार भुसाल र प्रतीक पौडेलले तयार पारेका हुन भने द्वन्द्व श्री श्रेष्ठको छ । फिल्मको वितरण श्रीराम बालाजी फिल्मस्ले गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै