Comments Add Comment

Advertisment

SKIP THIS

चिनियाँ राजदूत सोङले भेटे प्रधानमन्त्री

१० फागुन , काठमाडौ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
बुधबार बिहान बालुवाटार पुगेर राजदूत सोङले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

राष्ट्रपति उम्मेदवारका विषयमा दलहरुबीच खिचातानी भइरहेका बेला राजदूत सोङ बालुवाटार पुगेका हुन् । भेटमा राजदूत सोङले राष्ट्रपति को बन्ने भन्नेबारेमा जिज्ञासा राखेको स्रोतले बतायो ।

जवाफमा प्रचण्डले दलहरुबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने जानकारी गराएका थिए । राजदूत सोङले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि हालै भेट गरेका थिए ।

भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि हालै नेपालको भ्रमण गरेर राष्ट्रपति निर्वाचनबारे चासो राखेका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ताको मिति तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment