Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाईकल चोरी गर्नेलाई मोटरसाईकल र स्कुटर सहित ट्राफिक प्रहरीको नियन्त्रणमा

५ साउन , काठमाडौँ । मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल र स्कुटर सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ७ चावहील सडक खण्डबाट वास्तबिक नम्बर परिवर्तन गरी बा ४४ प ४७५९ नम्बरको कालो रातो प्लेजर स्कुटर चलाई रहेको अवस्थामा काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालीका वडा नं. ७ चुच्चेपाटी बस्ने वर्ष ४० को सन्तोष चालिसेलाई स्कुटर सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले जानकारी दिनुभयो । उक्त स्कुटरको वास्तविक नम्बर बा ४३ प ५४७७ रहेको खुल्न आएको छ।

उक्त पक्राउ भएको स्कुटर चावहील स्थित हेल्पिङ्गह्याण्डस अस्पताल नजिकबाट हराएको भनी रन्जिता महर्जनले यस कार्यालयमा निवेदन दिएकी थिइन् । त्यसै गरी थप अनुसन्धानको सिलसिलामा सोधपुछ गर्दा निजले काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडां नं. ४ गोकर्ण स्थित सडक छेउमा लुकाई छिपाई राखेको बा ६५ प १२५८ नम्बरको स्प्लेण्डर मोटरसाईकल फेलापारेको छ । उक्त पक्राउ भएको मोटरसाईकल चावहील के एल टावरबाट बिबेक महर्जनको मोटरसाईकल हराएको खुल्न आएको हो । पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकल र स्कुरटलाई चोरी मुद्दा अनुसन्धान कारबाहीका लागी प्रहरी बृत्त गौशाला पठाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै