Comments Add Comment

Advertisment

SKIP THIS

खोकीको औषधि ‘कफ सिरप’ सेवन गरेका १८ बालबालिकाको मृत्यु

१४ पुष , काठमाडौं । उज्जेकिस्तानमा कफ सिरप सेवन गरेका १८ जना बालबालिकाको मृत्यु भएको छ ।

भारतीय औषधि निर्माण गर्ने कम्पनी मारियन बायोटेकले उत्पादन गरेको औषधि ‘कफ सिरप’ सेवन गरेका १८ बालबालिकाको मृत्यु भएको भएको हो ।

उज्जेकिस्तानको स्वास्थ्य मन्त्रालयले भारतीय कम्पनी कारियन बायोटेकले निर्माण गरेको कफ सिरप सेवन गरेका बालबालिको ज्यान गरेको दावी गरेको छ । उक्त विषयलाई लिएर भारतीय सरकारले औषधि उत्पादनलाई बन्द गराएर छानविन सुरु गरेको छ ।

यसअघि अफ्रिकी देश गाम्भियामा ६० जना बालबालिकाको मृत्यु भएको समाचार सार्वजनिक भएको थियो । त्यसका लागि केन्द्र सरकारले छानविन समिती समेत गठन गरेको थियो । तर हालसम्म उक्त घटनाको पुष्टि हुन सकेको छैन ।

कफ सिरप खोकी लागेका बेला सेवन गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै