Comments Add Comment

Advertisment

SKIP THIS

एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला : आज नेपाल र यूएईबीच दोस्रो खेल

३० कात्तिक काठमाडौ । नेपाल र यूएईबीच दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट आज (बुधबार) हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्वपुर्ण रहेको छ ।

नेपालले यूएईलाई पराजित गर्न नसकेको तीन वर्ष भन्दा बढी भइसकेको छ । सन् २०१९ जनवरीरफेब्रुअरीमा यूएई भ्रमणमै नेपालले पछिल्लो पटक यूएईलाई टी९२० आई र ओडीआई दुवैमा पराजित गरेको थियो । त्यसयता नेपालले यूएईलाई दुवै फर्म्याटमा पराजित गर्न सकेको छैन । ओडीआईमा नेपाल यूएईसँग निरन्तर पराजित भइरहेको छ भने नेपालको टी-२० विश्वकप खेल्ने सपना पनि यूएईले नै खोसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै