Comments Add Comment

पदोन्नती भएका प्रहरीहरुलाई एसएसपी उमेशराज जोशीद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति भएको प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित कार्यक्रमकाबीच पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

एसएसपी जोशीले पदोन्नति भएका प्रहरी कर्मचारीहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताए । थपिएको नयाँ दर्जामा पदोन्नति भएकोमा गर्वबोध गर्दै आगामी दिनमा संगठनको गरिमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्नहुन निर्देशन दिए ।

उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै