Comments Add Comment

Advertisment

SKIP THIS

बोल्न सक्ने भईन निशा घिमिरे ; राष्ट्रिय संगीतकर्मी संघ

४ असार, काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघ नेपालले नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेलाई आर्थिक सहयोग जुटाउन समिति गठन गरेको छ । राष्ट्रिय संगीतकर्मी संघमा निशा संघकी सदस्य समेत रहेकी छिन् ।

संघको एक टोलीले बिहीबार अस्पताल पुगेर उनका पिता प्रेम घिमिरेलाई आर्थिक सहयोग प्रदान गर्दै समिति गठन गरिएको जानकारी दिएको हो ।

संघका तर्फबाट अध्यक्ष राजेन्द्र कार्की, महासचिव विक्रमजंग शाहसहित सरिता भारती, दीपेन्द्र तिमिल्सिनालगायतका कलाकार अस्पताल पुगेका थिए । संघका महासचिव शाहले निशाको उपचारको खर्च संकलनका लागि आफुहरुले पहल सुरु गरेको बताए । संघले आफ्नो सदस्यहरुलाई आपत पर्दा विगतमा पनि आर्थिक सहयोग प्रदान गर्दै आएको उनले बताए ।

‘७४ जिल्लामा हाम्रो शाखा रहेका छन् । जहाँ ४ हजार बढी सदस्य छन् । ती शाखाहरुबाट के कति सकिन्छ र निशाको उपचारका क्रममा परिवारलाई परेको ऋणभारलाई कम गर्न आर्थिक संकलन पहल सुरु गरेका हौं’, महासचिव शाहले भने ।

उनका अनुसार दुई वर्ष अघि पनि निशालाई ट्रमा सेन्टर पुगेर उपचारका लागि आर्थिक सहयोग गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment