Comments Add Comment

Advertisment

SKIP THIS

गहुँ छर्ने बेला मलको व्यापक अभाव, किसान चिन्तामा

२७ मंसिर, काठमाडौ । गहुँबाली लगाउने बेला रायासनिक मल नपाउँदा धनुषासहित यस क्षेत्रका किसान मारमा परेका छन् । प्रदेश २ का जिल्लाहरूमा धानबाली भित्र्याएपछि गहुँ बाली लगाइन्छ । तर प्रत्येक वर्ष गहुँको बीउ छर्ने वेलामा आवश्यकताअनुसारको मल पाउन सकिरहेका छैन ।

मागअनुसारको मल नपाएपछि गहुँको उत्पादन कम हुने हो कि भन्ने चिन्तामा किसान छन् । धानबाली भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका धनुषाको हंशपुरका शैलेन्द्र मुखियाले मल नपाएपछि निराश भएका छन् ।

उनले भने, ‘मलका लागि गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म पुगे, तर कहीँ मल पाउन सकिनँ । मल नै पाएपछि गहुँ खेती कसरी गर्ने भन्ने तनाव भएको छ ।’

कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरले केन्द्रले मागअनुसारको मल उपलब्ध नगराउँदा मलको अभाव हुँदै आएको जनाएको छ । ‘वर्षेनी मलको माग बढ्दै गएको छ,’ कृषि सामग्री लिमिटेड जनकपुरका प्रमुख रामकुमार चौधरीले भने, ‘केन्द्रले सोअनुसारको मल उपलब्ध नगराउँदा यहाँका किसानले समस्या भोग्दै आएका छन् ।’

गत आर्थिक वर्ष ०७७(७८ मा कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरले ६ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल माग गरेकोमा तीन हजार दुई सय मेट्रिक टन युरिया र चार हजार पाँच सय मेट्रिक टन डिएपी मात्रै केन्द्रले उपलब्ध गराएको थियो ।

चालू आर्थिक वर्षमा पाँच हजार मेट्रिक टन युरिया र चार हजार पाँच सय मेट्रिक टन डीएपी मलको लक्ष्य रहे पनि अहिलेसम्म केन्द्रले दुई हजार नौ सय पाँच मेट्रिक टन युरिया र एक हजार ६ सय २७ मेट्रिक टन डीएपी मात्रै उपलब्ध गराएकोमा दुई हजार तीन सय ५० मेट्रिक टन युरिया, एक हजार पाँच सय ८५ मेट्रिक टन डीएपी बिक्री भइसकेको उनले बताए ।

पाँच सय ५५ मेट्रिक टन युरिया र ४२ मेट्रिक टन डीएपी अहिले गोदाममा मौज्दात रहेको उनले बताए । कृषि ज्ञान केन्द्र धनुषाका अनुसार धनुषामा ४० हजार हेक्टर जमिनमा गहुँ खेती हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

धानबालीमा किराको प्रकोप , किसान चिन्तामा

Advertisment

छुटाउनुभयो कि? सबै

धानबालीमा किराको प्रकोप , किसान चिन्तामा