Comments Add Comment

Advertisment

SKIP THIS

कंलकि ट्राफिकद्वारा आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न 

दिपक राज जोशी-काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० कंलकिमा पनि विभिन्न कार्यक्रम गरि समापन गरिएको छ ।

सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले आयोजना भएको सचेतना मुलक ट्राफिक सप्ताह कार्यक्रम ट्राफिक प्रहरी प्रभाग कंलकि र विभिन्न संधसंस्थाको सहकार्यमा सुरु भएको उक्त ट्राफिक सप्ताह कार्यक्रम विभिन्न सचेतना मुलक कार्यक्रम गरि समापन गरिएको ट्राफिक प्रभाग कंलकिका कार्यालय प्रहरी प्रमुख निरीक्षक युवराज कटुवाल ले बताए ।

सप्ताह कार्यक्रम अन्तरगत कंलकि ट्राफिक प्रहरीले सामुदायिक विद्यालय तथा कंलकिमा रहेका निजि कलेजहरूका विद्यार्थीलाई ट्राफिक सचेतना साप्ताहिक कक्षा समापन गरेको थियो।
कार्यालयका प्रमुख प्रहरी निरिक्षक कटुवालले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको जानकारी दिएका छन् । “सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान पुर्याउनुपर्ने कुरा एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा जानकारी गराएका छौँ”, उनले भने ।

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बिहानको लाइन लगाउने समयमा ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिने उनको भनाइ छ । यस्तै विद्यालयको समन्वयमा थप सचेतना कक्षासमेत सञ्चालन गर्ने कार्यालयले जनाएको छ । सडकको अवस्था, चालकको कमजोरी र ट्राफिक जनचेतनाको कमीले दैनिक सवारी दुर्घटना बढ्दै गएका छन्’, प्र.नि ले बताए ॥

साथै उक्त कार्यक्रममा कंलकि १४ नं वडाका युवा ब्यावसायिक ,समाजसेवी शैलेश अधिकारी , सुरेश राईमाझी , बिजय मोक्तान ,अजय मोक्तान लगाएका युवाहरूको सहकार्य रहेको उक्त कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले भत्किएको तथा कच्ची सडकको तत्काल मर्मत गर्नुपर्ने युवीहरूले बताए। युवा ब्यावसायि शैलेश अधिकारीले मानव जिवन सबैभन्दा अमुल्य भएकाले जिवन रक्षाका लागि दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले गरिरहेको सेवा प्रवाहमा थप टेवा पु¥याउने उद्देश्यले आफुले पनि सहकार्य गरेको बताए ।

सम्पन्न भएको उक्त कार्यक्रममा सवारी दुर्घटनाबाट बचौं र बचाऔं, सवारी दुर्घटना न्युनीकरणमा तपाई हाम्रो भूमिका लगायत ट्राफिक सचेतना सम्बन्धी जानकारीमुलक कक्षा सञ्चालन गरी समापन गरिएको थियो ॥

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै