Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी कुँवरद्वारा उत्कृष्ट कार्यसम्पादन गर्ने चितवनका एसपी रामेश्वर कार्की पुरस्कृत

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) रामेश्वर कार्की जिल्लामा रही उत्कृष्ट काम गर्ने प्रहरी अधिकृतको रुपमा पुरस्कृत भएका छन् ।

एसपी रामेश्वर कार्कीले विभागिय मुल्य-मान्यता आदेश- निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरीअपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा बिशेष योगदान पुर्‍याउनुका साथै चितवन जिल्लामा बिभिन्न अपराधमा संलग्न फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गरी आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूती अभिवृद्धि गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले उहालाई प्रहरी प्रधान कार्यालयद्वारा पुरस्कार प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले उत्कृष्टलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीसमेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्नेतर्फ उत्प्रेरित हुने भन्दै कार्कीसहित ती प्रहरीहरुलाई पुरस्कृत गरेको जनाएको छ । एसपी कार्कीलाई २ हजार ३ सय रुपैयाँको नगद पुरस्कार प्रदान गरेको हो । एसएसपी कार्कीले पाएको नगद पुरस्कारको अभिलेख जनाइदिन भन्दै प्रहरी हेडक्वाटरले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्राल, राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौर, काठमाडौंलाई पत्र लेखेको छ ।

‘विभागीय नीति तथा आदेश निर्देशनलाई आत्मसाथ गरि निर्दिष्ट जिम्मेवारी अनुशासित ढंगले लगनशील, ईमान्दार, व्यवसायिक एवम् कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक प्रशासनिकरुपमा कार्यसम्पादन गर्दै आइरहेका नेपाल प्रहरी प्रधान कार्यालय तथा मातहतका निजलाई प्रहरीलाई पुरस्कृति गरिँदा प्रहरी कर्मचारीहरू समेतमा सकारात्मक प्रभाव पर्ने हुँदा निजलाई प्रहरी नियमावली २०१७ (संशोधनसहित) परिच्छेद १५ को नियम १९७ को देहाय ९क० बमोजिम अभिलेखमा जनिने गरि पुरस्कृत गर्ने २०८० ०४ ०१ गतेको प्रहरी महानिरीक्षकज्यूबाट निर्णय भएको हुँदा निजको अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनु हुन टिप्पणी आदेश पर्चा १र१ यसै साथ संलग्न राखी पठाइएको छ’, पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै