Comments Add Comment

Advertisment

SKIP THIS

त्रिशूलीमा ट्याक्सी दुर्घटना प्रकरण : बेपत्ता एक जना अझै फेला परेनन्

१८ चैत , काठमाडौ । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा बेपत्ता भएका एक जना अझै फेला परेका छैनन् ।

दुर्घटनामा बेपत्ता भएका अठार वर्षीय दिवस रोकाको खोजी कार्य जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको दाहसंस्कार सकेर गोरखा फर्कँदै गरेको उनको परिवार दुर्घटनामा परेको थियो ।

मृतकका आमा जुनकिरी, दिदीबहिनी, ज्वाइँ, छोरा र भाञ्जा चढेर फर्कँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खसेको थियो ।

दुर्घटनामा परी रोका परिवारमा पाँच जनाको मृत्यु र एक बेपत्ता भएको घटनाले अहिले सिङ्गो पौवाखेत शोकमा डुबेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै