Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि : १ जनाको मृत्यु

१५ साउन , काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परीक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परीक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ४ हजार ५ सय ६७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै