Comments Add Comment

Advertisment

SKIP THIS

जनरल इन्स्योरेन्स र मनमोहन मेमोरीयल मेडिकल कलेजबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता

१६ साउन , काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौंबिच नगदरहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौको तर्फबाट नास्तु शर्माले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि.बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म मनमोहन मेमोरीयल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, काठमाडौ बाट नगदरहित हस्पिटलाइजेशन सुविधा प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै