२६ भाद्र काठमाडौ । विश्वभर २० करोडभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् ।
पछिल्लो २४ घण्टामा ५ लाख ३० हजार ७७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २० करोड ११ लाख ३२ हजार ९२० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ लाख ८७ हजार ९३५ जना संक्रमित भएका छन् योसँगै विश्वभर संक्रमितको संख्या २२ करोड ४६ लाख ६ हजार ३९५ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८८ लाख ४३ हजार ७८५ छ । यसमध्ये १ लाख ३ हजार ५८३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ९११ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४६ लाख २९ हजार ६९० पुगेको छ ।
खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन
बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ
पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ६८ हजार ८६८ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ७२४ जनाको मृत्यु भएको छ । अमेरिकामा ६ लाख ७६ हजार ९६६ जनाको मृत्यु भइसकेको छ


