Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी ज्ञवालीद्वारा ओखलढुंगा प्रहरी परिसरको निरीक्षण र प्रहरी कर्मचारीहरुलाई निर्देश

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।

निरीक्षण तथा अनुगमनको क्रममा वहाँले कार्यालयका सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

निर्देशनको क्रममा वहाँले आम नागरिकहरुको सुरक्षार्थको निम्ति प्रहरी अहोरात्र खटिई बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम राख्ने तथा समय समयमा छोटो तथा लामो गस्ति निकाली अपराधिक गतिबिधिहरु हुन गर्न नपाउने गरी सुरक्षा ब्यवस्था मिलाउन निर्देशन दिनु भयो ।

साथै प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न र नागरिक र प्रहरी बिचको सम्बन्ध सुमधुर बनाउदै बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समेत निर्देशन दिनुभयो ।

सोही क्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक दिपक बहादुर के.सी.ले ओखलढुंगा जिल्लाको समग्र बस्तु स्थितिको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै