Comments Add Comment

Advertisment

SKIP THIS

धनुषामा मोटरसाइकलसहित चोर पक्राउ

१२ पुष , काठमाडौं । जनकपुरमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बलवा नगरपालिका वडा नं. ३ का २१ वर्षीय निरज साह रहेका छन् ।

जनकपुरको हस्पिटल रोडमा प्रदेश २–०२–००३ प ४८१४ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ गरेको जानकी प्रहरी चोकीले जनाएको छ ।

प्रहरीका अनुसार सो मोटरसाइकल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ बस्ने तुल्सी साहको रहेको छ । पक्राउ परेका युवकलाई जानकी प्रहरी चोकीले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै