Comments Add Comment

Advertisment

SKIP THIS

सेवा नै धर्म हो भन्ने भावनाका साथ प्रहरी श्रीमती संघद्वारा मानवसेवा आश्रममा भोजन सेवा प्रदान

विराटनगर : नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा बिराटनगर महानगरपालिका-१० स्थित रहेको मानवसेवा आश्रममा आस्रित परिवारहरुलाई भोजन सेवा प्रदान गरिएको छ ।

आज बेलुका नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा आश्रममा रहेका महिला तथा बालिकाहरुलाई बेलुकाको भोजन गराईएको हो । उक्त भोजन सेवा कार्यक्रममा संघकी अध्यक्ष बास्तोलाले आस्रित महिलाहरुसंग मनोभावना समेत साटासाट गर्नु भएको थियो ।

सेवा नै धर्म हो भन्ने भावनाका साथ संचालन गरिएको भोजन सेवा कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै