Comments Add Comment

Advertisment

SKIP THIS

विद्युत सर्ट भई आगलागी : पसल जलेर नष्ट

१० मंसिर , काठमाडौँ । खोटाङमा विद्युत सर्ट भएर लागेको आगोबाट पसल जलेको नष्ट भएको छ । आगलागीबाट रावाबेँसी गाउँपालिका–३ लामीडाँडा तिर्पाका वीरबहादुर विश्वकर्माको दुईतले घरमा रहेको पसलमा आगलागी भएको हो ।

शुक्रबार राति भएको आगलागीमा विश्वकर्मा परिवारको लत्ताकपडा, अन्नपात, सुनचाँदी, भाँडा वर्तन, पसलमा बिक्रीमा राखिएको चिउरा, चिनी, नुन, तेललगायतका सामान नष्ट भएको स्थानीय घनश्याम खतिवडाले बताए । आगलागीमा विश्वकर्माको करिब १५ लाख ६ हजार बराबरको क्षती भएको लामीडाँडा विमानस्थल सुरक्षा पोष्टका प्रहरी सहायक राजेन्द्रप्रसाद चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै