Comments Add Comment

भोलि मूल्य वृद्धिविरुद्ध विप्लवको नेपाल बन्द

२९ कात्तिक , काठमाडौ ।  पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य सामानमा भएको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले मंगलबार नेपाल बन्द गर्ने भएको छ ।

सो पार्टीका इन्चार्ज प्रज्वलनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै इन्धनलगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिनुपर्ने बताएका छन् ।

उनले बन्द रहर नभई बाध्यता भएको भन्दै यो सरकारलाई चौतर्फी दबाब दिन बन्दलाई सहयोग गर्नसमेत आह्वान गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै