
१७ माघ, काठमाडौ । जुन दलका नेता जनताको नजरबाट खस्केका हुन्छन तर अप्ठेरोमा हलो अड्काउन भने छोड्दैनन र निर्णायक मतको लागि बाध्यकारी शक्तिको रुपमा देखा पर्दछन भलै तेश्रो चौथो पोजिसनमा उभिएको दल भए पनि ।
अहिले भारतमा बिहारको राजनीति र नेपालको संघिय राजनीतिक अवस्था मिल्दोजुल्दो छ । हुन त श्रीलंकामा पनि पहिला आफन्तहरुकै पेरिफेरीमा अल्झिएको थियो त्यहांको राजनीति । तै पनि भारतको बिहारका मूख्यमन्त्री नीतिश कुमार लामो समय बिपक्षी दलहरु राष्टृय जनता दल र कंग्रेसको समर्थनमा मूख्यमन्त्री कम्तिमा आठौं पटकसम्म यस्तै सहयोगबाट भइ नै रहे ।
पदबाट हट्नु उनको लागि बिरालोको घाटीमा घन्टी नै हुन्थ्यो तथापी अहिले फेरि भविश्यमा हुन सक्ने राजनीतिक दाउपेचलाई बुझेर भाजपासँग मिलेर पून सरकारको लगनगाँठो नवौंपटक बलियो बनाएका छन ।
त्यस्तै नेपालको संघिय संसदको गतसालको चुनावी परिणाम पनि बिहार राज्यसभाको जस्तै भएको थियो । पहिलो दल नेपाली कांग्रेस , दोश्रो दल नेकपा एमाले र तेश्रो दल माओबादी बन्यो ।
तर अंकगणित अनुसार संसदीय अभ्यासै नभए जसरी नेका र एमाले मिलेर सरकार बनाउने आशा गरेपनि माओबादी चतुर नेता पुस्पकमल तथा हालका प्रम भने बिहारका नीतिसजस्तै कहिले बालकोट त कहिले नारायणस्थानको यात्रा तय गर्दै अहिले नारायणस्थानका सहयात्री बनेका छन । तथापी कोशी प्रदेशमा भने राष्टृयसभा चुनावमा माओबादीलाई गठबन्धनले धोका दियो र एमाले नेत्री बिजय भइन ।
तसर्थ अहिले राजनीतिमा देखिने र प्रयोग गरिने शब्दावलीहरु स् नैतिकता, इमान्दारीता, अनुशासन, जनताको लागि सेवा भन्ने चिज हात्तीको बाहिर देखाउने र लुकाउने दाँत जस्तै भयो । यसर्थमा पनि नेपालको अस्थीर राजनीतिको फाइदा उठाउंदै पदमासिन केही ब्यक्तिहरुलाई लाभै लाभ भएको छ भने जनताको दैनन्दिनी उस्तै छ पहिला जस्तो थियो ।
तर राजनीतिमा कोल्टे फेर्ने भनेका बिहारका मूख्यमन्त्री नीतिश कुमार जस्ताले हो । जुन उनको जस्तो चरित्र नेपालका केही राजनीतिककर्मीहरुको पनि देखिन्छ ।