२० साउन , काठमाडौ । यो वर्षको महत्वपुर्ण मानिएको एसईई परिक्षाको नतिजा गत असार १३ गते प्रकाशित भएको थियो र सो परिक्षामा जम्मा ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ ले मात्र ग्रेड प्राप्त गरेका थिए ।
परिक्षा बोर्डको कार्यालयले परिक्षामा सम्मितिल करिब ६२१ जना विद्यार्थीको अंक तलमाथि पारेर नतिजा प्रकाशित गरेको प्रमाण त गत हप्ताको कान्तिपुर पत्रिकामार्फत पढियो । तथापी गत शुक्रवार मात्र प्लस टु परिक्षाको नतिजा पनि प्रकाशित भयो र उक्त नतिजा अनुसार झण्डै पचास प्रतिशत विद्यार्थी उच्च शिक्षाको लागि अयोग्य भनेर विभिन्न मेन स्ट्रिम मिडियामा पढियो ।
जसअनुसार जम्मा परिक्षा दिने विद्यार्थी संख्या ३ लाख ९० हजार ८ सय ६८ मा २ लाख ३ हजार ८ सय ४७बmउस पास र बाँकी फेल भनेर सनिवारको कान्तिपुर दैनिकले दिएको थियो । तद्नुरुप यस सम्बन्धमा विभिन्न शिक्षाविदहरुले नेपालको अहिलेको शिक्षा सम्बन्धमा विभिन्न टिकाटिप्पणी गरेको पाइयो ।
जसअनुसार गत सनिवारको कान्तिपुर पत्रिकामा प्रा.डा.सुरेन्द्र गिरीले “सय वर्षपहिले जुन तरिकाले पढाई हुन्थ्यो अहिले पनि त्यही तरिकाले हुन्छ, पाठ्यक्रम, परीक्षा विधि, मुल्याँकन गर्ने तरिका पनि पुरानै छ, विद्यार्थीकेन्द्रित शिक्षण सिकाई नभएसम्म सुधारको अपेक्षा गर्न सकिदैन“ भनेर हाल नेपालमा भएको शिक्षा प्रणालीवारे टिकाटिप्पणी गरेको पाइयो ।
अभैm पनि हाम्रो शिक्षा प्रणाली पहिलाको भनाई “घोकन्ते विद्या धावन्ते खेती “ अनुसार चलेको पाइन्छ । पहिला पहिला बेद पुराण पढ्ने विद्धान हुन्थे । कुनै पवित्र स्थानमा कथा वाचन गर्दा विविध धार्मिक कितावहरु जस्तै रामायण, कृष्णचरित्र, महाभारत, गीता, स्वास्थानी, देवीभागवत आदि कितावहरु कण्ठ गरेमा केही धार्मिक मासमा गएर कथा वाचन गरे पुग्थ्यो र घोकन्ते विद्या भनिएको हो ।
तथापी हामी गरिब देशका जनता अभै पनि पुरानै सैद्धान्तिक शिक्षा प्रणालीमा निर्भर छौं र हाम्रा हरेक तहका पाठ्यक्रम हेर्ने हो भने उही पुरानै बाजेका पालाका देख्न पाइन्छ ।
समयअनुसार संशोधन गरिँदैन । विदेशमा जस्तो सैद्धान्तिक शिक्षालाई भन्दा ब्यवहारिक शिक्षामा जोड दिने हो भने आज कतिपय घर तथा समाजमा परेका समस्याहरु प्लम्विङ्ग, हाउसवायरिङ्गका कामहरु, खेतवारीमा पनि आधुनिक कृषि प्रणाली अप्नाउने, तरकारी खेतीमा आधुनिकता जस्ता धेरै कार्यहरुमा हामी मन दिँदैनौ तर हाम्रा खेतवारी तथा घर चुलाचौकामा भारतीय सर्मिक आएर काम गर्दछन् यता हामी भने पढेका भनेर यस्ता प्राविधिक ज्ञानको चाहना नै राख्दैनौ ।
आज हाम्रा पहाडी इलाकामा खेतीवाली लगाउनदेखि थन्क्याउनसमेत भारतीय नागरिकहरु प्रशस्तै भेटिछन् तर हाम्रा युवाहरुलाई स्वदेशमा भए कलम समाउने जागिर अन्यथा प्लस टु सकेपछि विदेश हेलिने रोगले ग्रस्त बनाएको छ । एकातिर सैद्धान्तिक रटानमा हरेक तहमा पास हुने विद्यार्थीको संख्या धेरै न्युन भइराखेको छ भने अर्कोतिर अध्ययनमा अब्बल विद्यार्थीहरु प्लस टु सकेर स्वदेशमा वस्न रुचाउँदैनन् ।
यसमा अहिले देखिएका मुख्य समस्या भनेको राजनीतिक रुपमा डिनको कार्यालयदेखि तल्लो तहसम्म प्रशासनिक भागबण्डा, घोकन्ते रटानलाई प्राथामिकतामा राखि ब्यबहारिक शिक्षामा जोड नदिइनु, हाल देखिएको नयाँ डिजिटल टेक्नोलोजीले भित्रिएका विभिन्न मोवाइल र विद्यार्थीको ध्यान सदैव यसैमा रहनु, अविभावक खर्च गर्ने तर आप्ना बालबालिकाको प्रगति विवरणमा ध्यान नदिने, कतिपय शिक्षकमा देखिएको अयोग्यता आदि म७त्रगयतसख्य कारण नै अहिलेको शिक्षा क्षेत्रमा देखिएको नकारात्मक पक्ष हो र यसलाई सम्बन्धित क्षेत्रका विज्ञहरु वसेर दीर्घकालिन रुपमा समाधान समयमा नै खोजियो भने यस क्षेत्रमा सुधार आउला अन्यथा सँधै हामीले देख्नुपर्ने नियती यही नै रहनेछ ।



