
.(खिमराज गिरी)
चुनाव नसार्न कांग्रेसभित्रै दवाव ! शेखर कोइराला र गगन थापाको चुनावी धारणा :
चुनाव कुनैपनि हालतमा सार्न हुंदैन , स्थानीय, प्रदेश र संघको चुनाव संबिधानमा उल्लेख भएबमोजिम हुनुपर्छ र कांग्रेसको गठबन्धनसँग सहकार्य भनेको सरकार संचालन र जनसरोकारको विषयमा मात्र हो न कि चुनावी गठजोडमा , हामी एक्ला एक्लै चुनाव लड्ने हो , गठजोडको नाममा विभिन्न बहानामा स्थानीय निर्वाचनलाई पर सारियो भने संबिधान नै धरापमा पर्ने खतरा हुन्छ ।
कांग्रेसका अर्काथरी गुट भन्छ :
फेरि गठबन्धन भत्कियो भने के गर्ने त्यसैले पहिला संघको निर्वाचन गर्नुपर्छ यसमा गठजोडका रास्ट्रवादी नेता चित्रबहादुर केसीको भनाई कतै केही पनि आएको छैन , न त सामाजिक अभियन्ताहरु र मानवधिकारवादीहरु बोलेका छन।
पाल्पामा चुनढुंगा अनियन्त्रित उत्खनन , मुद्दा अख्तियारमा तर केही पार लाग्दैन किनकि देशै दलाल र भ्रस्टहरुको छत्रछायाँमा नाचेको छ ।
सरकारी फार्मेसीमा औषधीको अभाव, त्यसैले पद, पावर, पैसा, प्रतिष्ठाको लडाइले गर्दा सत्ता टिकाउनकै लागि यदि विभिन्न तहको निर्वाचनल्लाई संबिधानको वर्खिलापमा वरपर धकेलियो भने बिगतमा एमालेको सरकालाई गिराउनुको औचित्यता माथि पनि प्रश्न चिन्न खडा त भयो नै ।
भारतले महाकालीको धार नेपालतिर फर्काउन सवा अर्वको तटवन्ध निर्माण गर्दै , तर नेपाल सरकार मौन !




