बारीको कान्लो मिचिए पनि , यसो सोचे
केही बोलिन छीमेकी हो मर्दा पर्दा काम लागेको छ !
यसपाली त सीमानामा देशै मिचिएको छ
यसो इतिहास पल्टाएं , न मर्दा काम लागेको छ
न त पर्दा काम लागेको छ !!
त्यसैले आज , देशको खातिर सिरानीमा राखेको खुकुरी उदाउने रहर जागेको छ
सिरानीमा राखेको खुकुरी उदाउने रहर जागेको छ !!!
उता हेर्छु सुस्ता , कालापानी , लिम्पियाधुरा र लिपुलेक मिचिएको छ
कयौं बीर बिरङनाहरुको छाती थिचिएको छ
जव अप्ठेरो पर्छ अनि नाकाबन्दीले बिथोलेको छ
फेरि जव राजनीतिक अस्थिरता आउंछ तव नेताको आन्द्राभुंडी गिथोलेको छ !!
न त दुखमा साथ दियो , न त आधार बन्यो बांच्ने नै
न त उध्योग धन्दा चल्न दियो , न त प्राकृतिक श्रोत र साधन सांच्ने नै
न त छीमेकी असल भए , सम्बन्धको नाता नै टुटेपछि
आखिर , अरुलाइ दोष लगाएर के गर्नु , आफ्नै आफ्ना फुटेपछि पराइले हेप्न त त्यसै पनि हेप्नि नै भए आफ्नैलाइ आफ्नाले कुटेपछि !!!
अनि कसरी फुल सग्लो रहन्छ त तावामा मकै भुटेपछि
यसो सोचे छीमेकी हो , मर्दा पर्दा काम लागेको छ तर , उसको ब्यबहार देख्दा सिरानीमा राखेको खुकुरी उदाउने रहर जागेको छ
खुकुरी उदाउने रहर जागेको छ !!!
खिमराज गिरी







