इन्द्रचोकमा चिनियाँबीच झगडा हुँदा एक जनाको मृत्यु -
Comments Add Comment

इन्द्रचोकमा चिनियाँबीच झगडा हुँदा एक जनाको मृत्यु

१९ मंसिर , काठमाडौँ । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गएराति मध्यान्हतिर इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा भएको थियो । सो क्रममा ३७ वर्षका फेङ जेङयुङले दुई जनालाई चक्कु हानेका थिए । ३२ वर्षका ली चुजान र २९ वर्षका गान साउजिओङ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लीको पेटमा गहिरो चोट लागेको थियो भने गानको पेट, छाती ठाउँकोका दाया भागमा चोट लागेको छ । गानको उपचारका क्रममा आइतबार साँझ राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु हान्ने फेङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै