Comments Add Comment

Advertisment

SKIP THIS

मिसन ८४ ख्याल गर्ने कि ?

१२ कात्तिक , काठमाडौ । विश्वमा तुलना गर्ने हो भने नेपाल एउटा गरिब र सानो राष्ट्र त्यसमा पनि धेरै राजनीतिक दल र नेता भएको मुलुक भनेर चिनिन्छ ।

२०४६ सालभन्दा अगाडि राजाले देश बरबाद गरे भनेर प्रजातन्त्रको लागि विभिन्न राजनीतिक दलहरु, पत्रकार तथा अन्य विविध क्षेत्रका मानिसहरुले ज्यानको आहुती दिए । यसमा धेरै वर्ष जेलनेल भोगेका नेताहरुप्रति जनताको सहानुभूति, साथ, सहयोग पनि रह्यो ।

तथापी प्रजातन्त्र, गणतन्त्र आएको पनि यतिका वर्ष ब्यतित भैसक्यो , देशमा राजनीतिक ब्यबस्था कयौं पटक परिवर्तन भयो तर जनताको अवस्था भने पहिलाको जस्तै छ । नेता मोटाए भने जनता झन दुब्लाएका छन । गणतन्त्र आएपश्चात देश आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको कुरा गत साताको परिक्षणमा एशियाको आर्थिक सूचकमा सवभन्दा पछि परेको तथ्यांकबाट पनि थाह हुन्छ । हाल देशमा भोट बैंकको नाममा जातीय तथा धार्मिक द्वन्द्व चर्काइंदैछ ।

सामाजिक सद्भाव खल्वलिएको छ । महंगीले सीमा नाघिसक्यो । अरु त के दैनिक उपभोग्य बस्तुको मूल्य आकाशिएको छ । कयौं दिन भैसक्यो चिनीको अभाव भएको तर अझै यो सरकार समाधानतर्फ जानुको सट्टा काला बजारियाहरुलाई प्रोत्साहन दिइरहेको छ ।

बैंकमा अथाह रुपमा पैसा जम्मा भइरहेको छ तर सरल ब्याजदरको अभावले जनताले ऋण लिने र उध्योग ब्यबसाय खोल्ने वातावरण मिल्न सकेको छैन । मूख्य सहरी क्षेत्रको ब्यपार ब्यबसायको शुन्यताले नाम चलेका सटर पसलहरु पनि बन्द हुने अवस्थामा छन । सरकार सम्हाल्नेहरुलाई बिदेस भ्रमण मोहले सताइरहेको छ तर उपलब्धी खासै देखिदैन । देखिन्छ त केवल आफन्त परिवारलाई मौकामा बिदेस सयर गराउने मात्र ।

एउटा देशको भ्रमण सकिएको छैन उतैबाट अर्को देशको कार्यक्रम तर्जुमा गरिसकेका हुन्छन । वास्तविक जनतावाट अनुनोदित जनप्रतिनिधिले भन्दा पनि टिके प्रथा समानुपातिक प्रणालीबाट आएका जनप्रतिनिधिको राज्यको ढुकुटीमा मोजमस्ती देख्दा अवको मिसन ८४ भन्ने नारा तय गर्न पाएका छन नयाँ दलहरुले । हुन त देशका जनता नै उस्तै हुन । किनकी, अहिले पर्ख र हेरको अवस्थामा हुन्छन तर पछि मन फेरिइन्छ ।

जनप्रतिनिधि पनि चुनावको बेला सकृय हुन्छन जब चुनाव जित्छन तब ३६४ दिन गायव तर ती निरीह जनता एकै दिनमा परिवर्तन हुन्छन र विभिन्न आस्वासनका पोका तथा जाँडको डवकामा अमूल्य मत बेच्न बाध्य हुन्छन । अनि कसरी बन्छ देश र कसरी सुध्रिन्छ हाम्रो समाज ?

तसर्थ मिसन ८४ मा जुन दलले जे भिजन ल्याए पनि देशको सीमना, राष्ट्रियता, स्वतन्त्रता, सार्बभौमिकता, राष्टृय अखन्डता, पहिचान, स्वावलम्बन, आत्मनिर्भरताबारेमा जुन नेता तथा दलको स्पष्ट धारणा आउँछ उतैतिर सहयोग स्वरुप तपाईं हाम्रो मत एकतृत हुन सक्यो भने मात्र सच्चा देशभक्त नेताको जन्म हुनेछ र बिकासतिर ध्यान जानसक्छ अन्यथा जसरी हुन्छ सरकारमा टिक्ने टिके प्रथा फेरि पनि उत्पन्न हुने स्थितिको सिर्जना भयो भने सम्झनुहोस हाम्रो देशको बिकासको गति सयौं वर्ष पछाडि धकेलिन्छ र हामी २१ औं शताब्धीका नेपाली होइनौं कि १७ औँ शताब्धीतिर धकेलिने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भ्रष्टाचारको दुष्चक्रः दोषी को ?

दशैं पर्वको महत्वसँगै विकृत्ति पनि

सुधार गर्न नसकिएको शिक्षा क्षेत्र !

सबै जना सजग हुनु जरुरी छ !

Advertisment

छुटाउनुभयो कि? सबै