Comments Add Comment

Advertisment

SKIP THIS

सबै जना सजग हुनु जरुरी छ !

३० असार ,काठमाडौ । नारायणगढ–मुग्लिङ्ग सडकखण्डको सिमलतालमा गत शुक्रवार भएको यात्रुसहितको दुई गाडी दुर्घटनामा परी उक्त बँसमा सवार कर्यौ ब्यक्तिहरु हराइरहेका छन् भने खोजि कार्य जारी छ ।

हालसम्म जम्मा तीन जनाको मृत्र शरिर फेलापरेको छ । र उक्त गाडीहरुमा सवार अधिकाँस मानिसहरु रौतहटको मटिअर्वा र सिसवा गाउँको भएको तथ्य फेला परेको छ । एउटै परिवारका चार जना सदस्य बेपत्ता हदाको पीडा कति सम्म हन्छ होला त्यो त पीडितको छटपटाइरहेको बेदनाबाट प्रस्त७३घढसत हने करा हो । मटिअर्वाका परशराम आप्ना परिवार लिएर काठमाडौ आएका थिए ।

“आखिरमा जीवनको केही टुँङ्गो र भरोसा नहुदो रहेछ, जीवन बाँचिन्जेल के के नै भन्यो आखिर कसको मरण कसरी, काँहा लेखेको छ , त्यसको केही सीमा र गन्तब्य नै छैन रहेछ ।“ एक स्थानीयले मनको बह कहे ! आखिर उक्त घटमनाले ती दुई गाउँ मात्र होइन सिंङ्गो देश नै शोकमग्न भएको छ । त्यस्तै अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा बाढीपहिरो जाने क्रम जारी छ । कास्कीमा पनि बाढीपहिरोले ब्यापक क्षति पुगेको छ ।

त्यसै गरी लमजुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं.१ र २ मा पर्ने खहरे तथा गोलाउँदी खोलाले मानवबस्तीलाई खतरामा पार्दै गर्दा भएका खेतवारीहरुमा निकै नै नोक्सान पुर्याएको छ । आज मात्र खहरे खोलाको बाँधमा मानिसहरु जम्मा भएर खेत रोपाइँको लागि कुलो मर्मत गर्ने कोशिस गरिरहेका छन् तर असम्भव भनेर डोजर खोज्दै हिँडिरहेको अवस्था छ ।

यसरी देशका विभिन्न भागमा यो अविरल वर्षाको कारणले मानव, मानवीय बस्ती तथा अन्य खेतवारीमा ब्यापक रुपमा क्षति पुर्याएको छ । त्यस्तै सिराहाको कमला नदीमा नुँहाउने क्रममा एक बालकको ज्यानै गएको छ ।

देशको राजधानी काठमाडौका कयौं खोला किनाराका बस्तीहरु जोखिममा परेका छन् । उता सप्तकोशीको ५६ वटै ढोका खोल्नुपरेको अवस्था थियो । एक समाचारका अनुसार विहारका अधिकाँश मानिसहरु रातभर जाग्राम वस्न बाध्य भएका छन् । यसरी वर्षाको समयमा देशका विभिन्न भागमा बाढीपहिरोले मानवीय क्षति, घरवस्तीमा पहिरोको डर, खेतवारी बगाउने, आवागमन बन्द आदि कारणले कामचलाउ सरकारले केही समयको लागि रात्रीबसको आवागमनमा रोक लगाएको छ ।

तथापी तपाइँ हामी आपैm पनि सजग भएर जानुपर्ने अनिवार्य कामको लािग मात्र यात्रा तय गरौं अन्यथा जथाभावी यात्रा नगरौं र घर बस्दा तथा वाहिर जाँदा पनि सजग भएर मात्र यात्रा तय गरौं । यसैमा सवैको भलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

भ्रष्टाचारको दुष्चक्रः दोषी को ?

दशैं पर्वको महत्वसँगै विकृत्ति पनि

सुधार गर्न नसकिएको शिक्षा क्षेत्र !

सत्ता समीकरणमा देखिएको हलचल !

Advertisment

छुटाउनुभयो कि? सबै