गत पुस महिनाको अन्तिम शनिवार कान्तिपुर दैनिकमा जर्मनीको बोन युनिभर्सिटीमा प्राध्यापन गर्ने लुना भारतीद्वारा लिखित काठमाडौं भास्सिन सक्छ लेख पढी केही लेख्न मन लाग्यो ।

यही माघ १ गते यति एयरको जहाज पोखरामा दुर्घटना हुँदा करिब ७२ जनाको ज्यान गएको दुखद घटनाले बिगतका विभिन्न समयमा हुने प्लेन, गाडीहरु दुर्घटना तथा दैबी प्रकोपहरुले नेपाललाई सताइराखेको सन्दर्भमा उक्त लेखले पनि नेपालमा दैनिकजसो परिबर्तन भइरहने जलवायु परिवर्तनको कारणले मौसमी प्रतिकूलताको आभास भइराखेको छ ।
्लेखीकाको भनाई अनुसार बिकसित देशमा अनेक माध्यमद्वारा पानीको जगेर्ना गरिन्छ र सुख्खा समयमा यसको सदुपयोग हुन्छ तर नेपाल प्रचुर मात्रामा जलक्षेत्रको धनी राष्ट्र भए पनि यसको सही सदुपयोग गर्न नजान्दा कयौं नदीनाला, खोला छेउका खेतवारी बाँझै छन । कयौं घरबस्तीहरुमा अझै खानेपानी उपलब्ध गराउन सकिएको छैन । कुनै निश्चित समुदायलाई बनजंगल संरक्षण र उपभोग गर्ने जिम्मा दिइएको कारणले पहाडी तथा तराई इलाकामा बन संरक्षण भएको भनिएता पनि बन गोडमेल गर्ने बहानामा टाठा बाठा ब्यक्तिहरुले फाइदा लिन छोडेका छैनन । भारतीय सीमा नजिकका नेपालीहरुको सास्ती झन बिकराल छ । सरकार चलाउने नेताहरु खाली शक्ति, भक्ति, सत्ता , भत्ता र पदको लागि बिदेशीको आँगन चाहार्छन तर दीर्घकालीन बिकासका आयोजना तथा प्राकृत्तिक बिपत्तीतर्फ ध्यानै दिन सक्दैनन ।
यस्तै खेर गइरहेको पानीको बहावलाई खाली अनुकूल परिस्थितिमा सिंचाई , बिजुली उत्पादनमा ध्यान दिइएता पनि अझ सहर बजार खास गरी काठमाडौं उपत्यकाको ठूलो भिडले विभिन्न किसिमका बोरिङ प्रयोग गरी जमिनमुनीको पानी ब्यापकरुमा दोहन गर्ने कार्य भइरहेको छ । प्रायस् घर कंकृटबाट बनाइएको छ । वर्षादको पानी जमिनले नसोसिने भएकोले बाढीपहिरोको संम्भावना झन व्यापक हुने र जमिनमुनीको पानी बोरिङ प्रयोग गरी सिध्याउने प्रवृत्तिको बिकास भएकोले समयमा नै सावधानी अप्नाइएन भने काठमाडौंको जमिन भविश्यमा भास्सिन सक्छ भन्ने लेखकको तर्कसँग सहमत हुन सकिन्छ ।
त्यसैले काठमाडौं उपत्यकाको लागि सरकार र सम्बन्धित निकाएले खेर गैरहेको मेलम्ची पानीको छिट्टै बितरण प्रकृयातिर ध्यान दिन सक्यो भने जमिनमुनीको पानीको दोहन प्रकृया रोकिने थियो जसले गर्दा काठमाडौंको जमिन भास्सिने संम्भावना कम हुनेथियो ।
यदि यसतर्फ सम्बन्धित निकाएको ध्यान समयमै जान सकेन भने यस्तो प्रवृत्तिले निकट भविश्यमा काठमाडौं संकटमा पर्ने संम्भावनालाई नकार्न सकिन्न । (खिमराज गिरी)







