Comments Add Comment

Advertisment

SKIP THIS

सत्ता समीकरणमा देखिएको हलचल !

१८ असार, काठमाडौ । नेपालमा राजनीतिक अस्थिरताको इतिहास लामो छ । राणाहरुको १०४ वर्षसम्मको पारिवारिक विरासत ढलेपछि वि.सं.२००७ सालमा प्रजातन्त्र आयो तर बाँदरको हातमा नरिवल नै भयो ।

नेपाली काँग्रेसको बहुमतको सरकार भएपनि एक आपसमा मिल्न सकेनन् । भलै कम्युनिष्टहरु जम्मा चार सिटमा खुम्चिएको अवस्था थियो । तत्कालिन अवस्थामा राणाहरुले सत्ता छोड्नुपरेको इगो एकातिर थियो भने अर्कोतिर राजा, दलका नेताहरु र भारतको दृष्टिकोणको संयोग मिल्नुपर्दथ्यो ।

उक्त दशकमा राजनीतिक अस्थिरताको दशक भनेर चिनिन्छ । वि.स.२०१७ सालमा यसैको फाइदा उठाएर राजा महेन्द्रले पञ्चायती शासन ब्यवस्था ल्याए र देशमा करिब ३० वर्षसम्म निरंकुश शासन ब्यवस्था कायम रह्यो । तैपनि पत्रकारितामा मिसन पत्रकारिता शुरु भयो । वि.सं.२०४६ सालमा प्रजातन्त्र आयो र तत्कालिन समयदेखि विभिन्न दलहरुको समीकरणीय सत्ता साझेदारीको रोग हालसम्म पनि निको भएको छैन ।

स्व. प७त्रगयतसर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले अन्तरिम प्रधानमन्त्रीको साँचो हात पारेदेखि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालासम्म आउँदासमेत देशले परिपक्क राजनीतिक स्थिरता पाउन सकेन । किनकी २०७२ सालको संविधानमा समानुपातिक निर्वाचन प्रणाली राखिएको छ र यस्तो अवस्थामा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कमै देखिन्छ । तसर्थ २०५२ सालदेखि हालसम्म कुनैपनि सरकारको स्थिरता पाइएको छैन ।

यसमा सत्ताको लोभ र लालचले सरकारमा जानको लागि जतिखेर पनि जस्तो किसिमको चालवाजी खेल्न पनि प्रजातान्त्रिक हौं भन्ने दलहरुलेसमेत क७३घढसनै कस७३घढसर बाँकि राखेनन् । जसले गर्दा एकपटक क७३घढसनै दलको नेतृत्वमा मिलिजली सरकार बन्छ त्यसको १०० दिन पग्न नपाउँदै सरकारमा सहभागी दलले अर्को चालवाजी चाल्दछन् । उता छिमेकीको स्वार्थ पनि त्यही नै हो जसले गर्दा उनीहरु नेपालमा राजनीतिक अस्थिरता चाहान्छन् । यहाँका दलहरुको सत्तामोहको जालो विदेशीको पोल्टामा छ ।

अनि कसरी हुन्छ राजनीतिक स्थायित्वगत २०७९ सालको निर्वाचनपछि बनेको सत्तासमीकरणको हिसाव गर्ने हो भने पनि हालका प्रधानमन्त्रीको पार्टी नेकपा माओवादीको जम्मा ३२ सिट छ तथापी उनले प्रधानमन्त्री बन्नको लागि कहिले नेपाली काँग्रेसँग मिलेका छन् त फेरि नेकपा एमालेसँग साँठगाँठ गर्न जान्छन् ।

फेरि पुनः नारानथान त कहिले बालकोटको यात्रा तय गर्दैमा दिनहरु वितिराखेका छन् । जसले गर्दा जनताको आवश्यकता तथा विकासको काममा कहिले दिने ध्यान फेरि पनि हल्ला सनिएको र विभिन्न मिडियामा आएको छ कि, बालकोट सत्ताको इपिसेन्टर भनेर । यो निश्चितै छ ? कि अवको केही समयमा नै सत्ताको साँचो कुनै ठुला दलको हातमा जानसक्छ ।

त्यसैले यो सत्ताको फेरवदल हुने सम्भावना नौलो होइन तर यहाँ नौलो कुरा त के हो भने संसारमा अफ्रिकन राष्ट्र कंगो र बुरुण्डी जत्तिको पनि राजनीतिक स्थिरता भएन नेपालको गणतान्त्रिक ब्यवस्थामा । जहाँ राजनीतिक स्थिरता हुँदैन त्यहाँ भ्रष्टाचारको खेती मौलाउँछ।, मानिसहरु बेरोजगारका शिकार हुन्छन्, चोरी डकैती फष्टाउँछ, सामाजिक तथा धार्मिक बिकृतिको खाडल गहिरिँदै जान्छ ।

यो स्वभाविकै हो । त्यसैले अवको चौरासीको चुनावमा आम जनताको एउटै स्वर होस् कि राजनीतिक स्थायित्व हुनको लागि कुनै एउटा राष्ट्रिय राजनीतिमा राम्रो खेल खेल्न सक्ने दललाई स्पष्ट बहुमतको सरकार बनाउने चेष्टा गरौं । अनि मात्र देश र जनताको लागि सन्दर भविश्यको कल्पना मात्र भनेर दिन विताउन भन्दा पनि बर्तमानको धरातलीय यर्थाथमा रम्न सकिन्छ कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

भ्रष्टाचारको दुष्चक्रः दोषी को ?

दशैं पर्वको महत्वसँगै विकृत्ति पनि

सुधार गर्न नसकिएको शिक्षा क्षेत्र !

सबै जना सजग हुनु जरुरी छ !

Advertisment

छुटाउनुभयो कि? सबै

दशैं पर्वको महत्वसँगै विकृत्ति पनि

नेपालका बुद्दिजीवी लेखकहरु !

युवा नेतृत्वको सकृयतामा मौनता !