
२७ असार ,काठमाडौ । गत विहीवारको कान्तिपुर दैनिकमा “सरकारी खर्चमा बेथिति, बर्खासँगै बग्यो पौने दुई खर्ब“ शीर्षक समाचार पढेर साहै्र मन खिन्न लागेर केही केही कुरा लेख्दैछु ।
उक्त पत्रिकाको प्रथम पेजको लिडलाइनमा लेखिएको छः “ वर्षान्तमा खर्च गर्नकै लागि असार १४ देखि २५ सम्ममा मन्त्रिपरिषदबाट निर्णय गरी ३० अर्ब रुपैयाँ रकमान्तर, कुल पुँजीगत खर्चको करिब २२ प्रतिशत अर्थात् ३७ अर्ब ६४ करोड ५५ रुपैंया असारको २६ दिनमा खर्च“ यसै लेखको प्रतिकार गर्दै अर्का अर्थविद डिल्लीराज खनाल लेख्छन्ः “आपैले बनाएको कानुनको परिपालना नगर्दा पनि दण्डित नहुने प्रबृत्तिलाई मलजल गरिरहेको परिणाम हो यो “ आखिर कान्तिपुर पत्रिकालाई धन्यवाद नदिइरहन सकिन्न ।
किनकि देशको राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, न्यायिक, साँस्कृतिक तथा राष्ट्रिय सरोकारका हरेक विषयका साथै अन्तर्राष्ट्रिय जगतमा भए गरेका हरेक घटनाक्रमहरुलाई जोडेर भएका यर्थाथ विवरण तथ्यसत्य पत्रकारिताको सिद्धान्तमा आधारित भएर हरेक विटको रिपोटिङ्ग गरिरहेको हुन्छ ।
त्यसैले प्राय सरोकारवाला ब्यक्तिहरु झस्किनु अस्वभाविक होइन । उक्त विवरण अनुसार नेपालको बजेट सक्ने एक मात्र लगन जुरेको भनेको यही असार महिना हो र यो महिना र्आिर्थक वर्षको अन्त्य पनि भएको र बेविचार, बेथिति र अनियमितताको हिसावले बजेट खर्च गर्दा सायद निगरानी कहिँ कतैबाट हुदैन र भएको पनि छैन ।
वास्तवमा यस्तो अनियमितता सवैले सँधैजसो बुझिरहे पनि नबुझेजस्तो यो बेथितिको कालो बादल कहिलेसम्म मडारिइरहन्छ नेपालको प्रशासनमा जहिले पनि असारको महिनामा स्थानीय देवीदेवता मन्सायजस्तो मन्साउनै पर्ने यो झरी बिकास र धनको सत्यनासको स्थितिबाट देशले पारपाउने स्थिति कहिले आम सर्वसाधारण नागरिकको कौतुहलता नै यसैमा जोडिएको छ ।
स्वयंम जिम्मेवार ब्यक्तिहरु मन्त्रिपरिषदबाट नै यस्ता अनैतिकताको खेल खेलिन्छ भने आखिर सर्वसाधारण जनताले नैतिकताको परिधिमा बाँच्न७३घढसपर्ने बाध्यता किन हेनु आज बेलायतमा भएको आम निर्वाचनको परिणामबाट निवर्तमान प्रधानमन्त्री ऋषि सुनकको दलले नराम्रो पराजय भोगका कारण उनले तुरुन्तै पदबाट राजीनामा दिए र सरकारी क्वार्टर पनि छोडिहाले ।
त्यति मात्र कहाँ हो र यो गल्ती सवै मैरै कारणले हो भनेर जनताको नाममा स्पष्टीकरणसहित नैतिकताको अब्बल उदाहरण दिएर विदा भए । त्यस्तै भारतको आम निर्वाचनले पनि मोदीलाई चाहिने भन्दा धेरै हठी हुन हन्न र मिडियालाई सँधै हेयको दृष्ट्रिकोणबाट हेरिनु हुँदैन भन्ने सन्देश दिएको छ ।
तर नेपालमा भने ठुला दलहरु भन्दा पनि साना साना दलहरुले सरकार चलाउने दाउ हेरिरहेका हुन्छन् र बाहिर वस्दा क्रान्तिकारी कुर्चीको स्वाद लिँदै गर्दा भ्रान्तिमा रमाउने प्रबृत्तिले गर्दा नै आज गोहीले आहारा खानको लागि बाटो कुरेजस्तो भ्रष्टाचारीका नाइके विचौलियाहरुले राजनीतिक आड र भरोसामा एकै पटक देशको आर्थिक भार दोहन गर्न असारे विकास पर्खिरहेका हुन्छन् र माथि भनिएजस्तै वर्षभरी तैँ चुप मै चुप अनि जव असार लाग्यो अनि देशको अर्थतन्त्रको दोहन दुई हप्तामा नै दुई चार खर्ब रुपैँया स्वाहा : हुन्छ भने यस्तो नैतिक धरातलमा बसेर देश हाँक्ने गफ दिँदा अलिकति लाजले पनि मुन्टो छोप्नु पर्ने होइन र !