
४ माघ , काठमाडौ । जिल्ला प्रशासन कार्यालय काभ्रेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी उपरीक्षक चक्रराज जोशीले कारागार कार्यालय काभ्रेको निरीक्षण भ्रमण एवं निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

निरीक्षण भ्रमण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बाट कारागार कार्यालय काभ्रेमा रहेका थुनुवा कैदीबन्दीहरु संग भेटघाट गरी निजहरुलाई कारागार अवधिमा रहेको अवस्थामा कारागार कार्यालयको आन्तरीक तथा बाह्य प्रशासनबाट हुने व्यबहार, बस्ने बासको अबस्था, परिवार तथा आफन्तहरुसँग हुने सम्पर्कका माध्यम, भेटघाट, नियमानुसार नेपाल सरकाबाट प्राप्त हुने दैनिक सिदा खाना लगायतका विभिन्न विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गरी थुनुवा कैदी बन्दीहरुबाट उठेका गुनासोहरुको सम्बोधन समेत प्रमुख जिल्ला अधिकारीबाट भएको थियो भने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षकले कारागारमा रहेका कैदी बन्दीहरुलाई बिगतका समयमा जे जुन परीस्थितिबाट सम्मानित अदालतको आदेशानुसार कारागार कार्यालय काभ्रेपलाञ्चोकमा रहनु भएको छ सो अवधी सम्म रहँदा बस्दा मर्यादित, अनुशासित र इमान्दारिताका साथ आफुलाई प्रस्तुत गरी कारागारको आन्तरिक मुल्याङ्कनबाट कैदी तथा बन्दीहरुलाई प्राप्त हुने सुबिधाको लाभ उठाई कारागार कार्यालयमा रहँदा बस्दाको अवस्थामा इमान्दार भई आफुलाई परेको समस्या एवं पिर मर्काहरु कोही कसैको डर नमानी निर्धक्कताको साथ कारागार कार्यालय प्रशासनमा जानकारी गराएमा उचित सम्बोधन समेत हुने जानकारी गराउनु भएको थियो ।









