Comments Add Comment

Advertisment

SKIP THIS

नयाँ बसपार्क क्षेत्रका होटलमा सिसी क्यामेरा जडान गर्नुपर्ने

९ असोज , काठमाडौँ । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने भएको छ ।

नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो ।

सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आबद्ध होटलहरूको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै सबै होटलले अनिवार्य रूपमा सिसी क्यामेरा जडान गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

यस्तै वडा कार्यालय र अन्य ठाउँमा दर्ता नभएका होटललाई दर्ता गर्न लगाई मर्यादित ढङ्गले सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । कानुनले नदिएका अनैतिक क्रियाकलापलाई रोक्नका लागि होटलमा आउने पाहुनाको अनिवार्य रूपमा रेकर्ड रोक्नुपर्ने भएको छ ।

होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विसं २०५७ मा स्थापना भएको सङ्घमा हाल नयाँ बसपार्क, सुनधारा, बाँसवारीलगायतका क्षेत्रका चार सयभन्दा बढी होटल व्यवसायी आबद्ध छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै