Comments Add Comment

Advertisment

SKIP THIS

डुबेर तीन जनाको मृत्यु

१३ भदौ , काठमाडौँ । बाँके, सल्यान र रूपन्देहीमा डुबेर तीन जनाको मृत्यु भएको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१४ मन्निपुरूवा बस्ने सखिल पठानको ७ वर्षीय छोरा अन्नान पठानको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार मृत्यु भएको छ ।

घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
सल्यानको कुमाख गाउँपालिका–३ रागेचौर बस्ने ४० वर्षीय पूर्ण बहादुर थापाको सोही ठाउँस्थित कुलोमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

उक्त कुलोमा डुबेर अशक्त भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । रूपन्देहीको सियारी गाउँपालिका–२ मेहथावल बस्ने ३९ वर्षीय राजु थारूको घर नजिकैको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment