Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा एकै परिवारका तीन जनाको मृत्यु

५ वैशाख , काठमाडौ । महोत्तरीमा बस र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बसले गौशालातर्फ जाँदै गरेको ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेका छन् ।

दुर्घटनामा सख्त घाइते भएकी अन्सु मण्डलको भने उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिपकुमार गिरिले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरिले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

करेन्ट लागेर तीन जनाको मृत्यु

डुबेर तीन जनाको मृत्यु