दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका -
Comments Add Comment

दशैंमा विदेशबाट आउँदा मोबाइल ल्याउनुभयो ? यस्तो छ एमडीएमएसमा दर्ता गर्ने तरिका

१७ असोज,काठमाडौ । गएको भदौ ३० गतेबाट नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागू भएको छ । यससँगै मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित बनाइने र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ तथा ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गरिएको छ ।

यद्यपि २०७९ को भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेटको हकमा भने सबै स्वतः एमडीएमएस प्रणालीमा दर्ता भइसकेका छन् । मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा दर्ता भएको वा नभएको यकिन गरेर मात्र खरिद गर्न अनुरोध गरिएको छ ।

त्यतिमात्रै नभएर यही बुधबारमात्रै एक सूचना जारी गर्दै प्राधिकरणले दशैमा विदेशबाट आउने नेपालीले आफ्नो साथमा ल्याएको मोबाइल दर्ता गर्न समेत आग्रह गरेको छ । प्राधिकरणले विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरुलाई यो वेबसाइटमा गई आवश्यक विवरण भरी एमडीएमएसमा दर्ता गर्न आग्रह गरेको छ ।

साथै स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न समेत प्राधिकरणले सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

किन रातभर मोबाइल चार्ज गर्नुहुँदैन ?

Advertisment

छुटाउनुभयो कि? सबै

किन रातभर मोबाइल चार्ज गर्नुहुँदैन ?


This will close in 20 seconds