१३ वटा मुद्दा लागेका खुँखार ‘डाँका’ राजुलाई कास्की प्रहरीले पेस्तोलसहित पक्राउ -
Comments Add Comment

१३ वटा मुद्दा लागेका खुँखार ‘डाँका’ राजुलाई कास्की प्रहरीले पेस्तोलसहित पक्राउ

काठमाडौँ । कास्कीको पोखराबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजना खुँखार डाँकालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ स्थित सराङकोट घर भएका ३८ वर्षीय राजु विक भनिने नरबहादुर विक छन् ।

उनको साथबाट ९–एमएमको अटोमेटिक पेस्तोल १ थान र गोली बरामद गरिएको कास्कीका एसपी मोहन थापाले बताए । पोखरा–२४ स्थित बाँस्कोटमा निर्माणाधीन घरमा लुकाएर राखेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामको टोलीले पेस्तोल बरामद गरेको हो । पोखरामा डाँका चोरी र लुटपाटमा संलग्न आरोपी नरबहादुरलाई १३ वटा मुद्दा लागेको भेटिएको छ ।

विक लागु औषधदेखि चोरी र लुटपाटका घटनामा १३ पटकसम्म पक्राउ परेको पाइएको एसपी थापाले बताए । एसपी थापाले भने, ‘लागूऔषधमा ३ पटक, चोरी तथा डाँकामा ४ पटक र अभद्र व्यवहारमा ३ र अन्य सार्वजनिक कसुरमा विकले ३ पटक मुद्दा खेपेका छन् ।’

पहिलोपटक विक २०६२ चैत ९ गते अभद्र मुद्दामा पक्राउ परेका थिए । जतिबेला उनी १९ वर्षका थिए । त्यसपछि उनी २०६५ चैत २६ गते लागूऔषध मुद्दामा समातिए । यसरी उनी १३ पटकसम्म पक्राउ पर्दै छुट्दै आएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै