Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंहद्वारा सार्वजनिक शौचालय हस्तान्तरण

१८ फागुन , काठमाडौ । नेपाल प्रहरी श्रीमती संघद्वारा गोकर्णेश्वर नगरपालिका-६ स्थित वडा कार्यालय अगाडि सार्वजनिक स्थानमा जडान गरिएको प्रोटेवल सार्वजनिक शौचालय गोकर्णेश्वर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले बुधबार आयोजित एक कार्यक्रमबीच गोकणेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसाललाई उक्त शौचालय हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख रिसालले शौचालयले पैदलयात्री तथा सेवाग्राहीलाई सहज हुने उल्लेख गर्दै शौचालयको संरक्षणमा नगरपालिकाले विशेष ध्यान दिने बताए ।

कार्यक्रममा संघकी अध्यक्ष श्रीमती सिंहले सिभिल बैंकसँग समन्वय तथा सहकार्य गरी सार्वजनिक हितको लागि नागरिक जीवनमा सहजता होस् भन्ने हेतूले सर्वसाधरणको बढी आवतजावत हुने स्थानमा शौचालय संचालन गरिएको बताइन् । सानो प्रयासले स्वच्छ वातावरणका लागि सरसफाइमा समेत सहयोग पुग्ने अपेक्षा उनले गरिन् ।

गोकर्णेश्वर नगरपालिकाका उप-प्रमुख सान्नानी लामाले समेत मन्तव्य व्यक्त गरेकी उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, स्थानीय बासिन्दा लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै