२९ जेठ , काठमाडौ । कैलालीको धनगढीमा युवतीको अश्लील भिडियो बनाउने दुईजना पक्राउ परेका छन् ।
धनगढीस्थित त्रिनगर सपिङ कम्प्लेक्समा रहेको आशिष मोबाइल ग्यालरीका सञ्चालकसहित एकजना बालक पक्राउ परेका हुन् । अश्लिल भिडियो बनाएर युवतीलाई ब्ल्याकमेल गरेको आरोपमा पसल सञ्चालकसहित बालक पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोबाइल ग्यालरीका सञ्चालक धनगढी उपमहानगरपालिका–१ का ४१ वर्षीय शल्ताज आलम र उनको पसलमा काम गर्ने १३ वर्षीया बालक रहेका छन् । उनीहरुले पसलमा मर्मत गर्न दिएको मोबाइलमा मोबाइल धनी युवतीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गरेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोबाइलमा युवतीको फोटोमा अश्लिल फोटा जोडेर भिडियो बनाएर फेसबुक आइडीबाट उनैलाई पठाएर ब्ल्याकमेल गरिएको थियो भने युवतीको फेसबुक आइडी समेत प्रयोग गरेर विभिन्न अश्लिल भिडियो हेर्ने गरेको खुलेको छ । दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।