माओवादीबाट राज्यमन्त्रीको पनि टुङ्गो लाग्यो -
Comments Add Comment

माओवादीबाट राज्यमन्त्रीको पनि टुङ्गो लाग्यो

३ माघ , काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूको टुङ्गो लागेको छ । पार्टीबाट ३ जना मन्त्री र एक जना राज्यमन्त्रीले आज शपथ लिँदैछन् ।

यसअघि, तीन जना मन्त्रीको टुङ्गो लगाएको माओवादीले सरकारमा सहभागी हुने राज्यमन्त्रीको पनि टुङ्गो लगाएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयका अनुसार सुशीला श्रीपाली संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बन्ने भएकी हुन् ।

नेकपा (माओवादी केन्द्र) बाट मन्त्रीमा मन्त्रीहरू
१. रेखा शर्मा : सूचना, सञ्चार तथा प्रविधिमन्त्री
२. सुदन किराँती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
३. अमनलाल मोदी : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
४. सुशीला श्रीपाली : संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds