Comments Add Comment

Advertisment

SKIP THIS

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न सुमेरु अस्पतालमा प्रधानमन्त्री

३ माघ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न अस्पताल पुगेका छन् ।

मन्त्रिपरिषद् विस्तारलगत्तै प्रधानमन्त्री प्रचण्ड ललितपुरस्थित सुमेरु अस्पताल पुगेर पूर्वअर्थमन्त्रीसमेत रहेका पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते नेता पुन सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

एक कार्यक्रममा सहभागी हुन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै