Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको डल्लुबाट ढलौटका मूर्तिहरुसहित २ जना पक्राउ

०५ फाल्गुन , काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लु पुल नजिकबाट ४ थान ढलौटको मूर्तिहरू सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ ढाडे र रसुवा गोसाइँकुण्ड नगरपालिका–५ घर भएका २ जना १८/१८ वर्षीय किशोर रहेका छन् ।मंगलबार बिहान महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा ज्याकेटभित्र लुकाई छिपाई ल्याएका उक्त मूर्तिहरू फेला पारी पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दिनेश मैनाली बताए ।

उनीहरु उपर चोरी गर्न नहुने कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै