कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना शिक्षकलाई कास्की प्रहरीले पक्राउ -
Comments Add Comment

कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई जना शिक्षकलाई कास्की प्रहरीले पक्राउ

कास्की । कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा शिक्षकहरू ३९ वर्षीय नारायण बास्तोला ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।

पोखराको फूलबारीस्थित शिवशक्ति माविमा परीक्षा सञ्चालन भइरहेका बेला उनीहरूले विद्युतीय माध्यमबाट प्रश्नपत्र आउट गरेको आरोप छ ।

उनीहरूलाई कक्षा १२ को आठवटा थप उत्तरपुस्तिका र तीनवटा मोबाइल फोनसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

दुवै जना सोही विद्यालयका शिक्षक हुन् । पक्राउ परेकाहरूमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै