काठमाडौं । सर्वश्वसहित जन्मकैद सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका धादिङको ज्वालामुखी गाउँपालिका–१ का सूर्य बहादुर दवाडीलाई पक्राउ गरेको हो ।

२०५९ फागुन २८ मा दवाडीले अंश सम्बन्धी विषयमा विवाद हुँदा पत्नी सानुमाया दवाडीको हत्या गरेका थिए । जिल्ला अदालत धादिङले २०६१ जेठमा उनलाई सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो ।

जिल्ला अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । उनी लामो समय भारतमा लुकेर बसेको र नेपाल प्रवेश गरेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

उनी रुपन्देहीको सिद्धार्थनगरस्थित बेलहियाबाट पक्राउ परेका हुन् । प्रहरीले दवाडीलाई जिल्ला अदालत धादिङमा उपस्थित गराएको छ ।